प्रधान सेनापति राष्ट्रिय खुला टेनिस २०८२ को उपाधि प्रदि खड्कले जितेका छन्। उनले पुरुष एकलको प्रतिस्पर्धामा आरभ सम्राट हाडालाई पराजित गर्दै उपाधि जितेका हुन्।
महिला एकलतर्फको उपाधि सिभाली गुरुङले जितेकी छिन्। उनले फाइनलमा स्वस्तिका विष्टलाई पराजित गरेर प्रथम स्थान हासिल गरेकी हुन्।
पुरुष डबल्सको उपाधि प्रदिप खड्का र आयुष्मान घलेले जित्न सफल भएका भने महिला डबल्सको उपाधि स्वस्तिका विष्ट र आइसा डोल्कर गुरुङले हात पारेका छन्।
प्रतियोगितामा ३५ वर्ष माथिको विभिन्न उमेर समूहमा प्रतिस्पर्धा भएको थियो। यस्तै सरकारीतर्फ पनि प्रतिस्पर्धा भएको थियो।
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगितामा आइतबार जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति शोक राज सिग्देलले च्याम्पियन हुने त्रिभुवन आर्मी क्लबसहित विजेतालाई ट्रफि तथा प्रमाण-पत्र प्रदान गरेका थिए।
प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो। प्रतियोगितामा ९ वटा क्लबका १५ जना महिला सहित १९६ जना खेलाडीहरूले १२ वटा विधा र अन्तर सरकारीतर्फको २ वटा सहित कुल १४ वटा विधाका खेलहरूमा प्रतिस्पर्धा गरेका थिए।
नतिजाको सूची