अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलीमा एभरेष्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा आएको छ।
अस्ट्रेलियमा बस्दै आएका पूर्व कराते खेलाडीले एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।
एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन्। मुकुन्द्र दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक तथा पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता हुन्। उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेका छन् ।
उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिव तथा पब्लिक अफिसरमा रोजन कार्की, सदस्यता संयोजकमा मल्लिका थापा क्षेत्री, कोषाध्यक्षमा सोम लामा, कार्यक्रम निर्देशकमा मनीष थापा क्षेत्री, पिआर अफिसरमा राजकुमार रसाइली, प्रतियोगिता संयोजकमा नवीन महर्जन र सदस्यमा प्रिन्स महर्जन छन् ।