क्यानडामा आयोजना हुने एनसीएसी कपमा यूकेको नेपाली क्लब म्याक्स सीसीको पहिलोपटक सहभागिता हुने भएको छ।
क्यानडाको टोरन्टोमा आगामी अगस्ट ९ र १० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एनसीसी कप २०२५
मा युकेको नेपाली क्रिकेट क्लब म्याक्स सीसीले पहिलोपटक सहभागिता जनाउने भएको छ।
क्लबको नेतृत्व यूकेमा चर्चित नेपाली खेलाडी म्याननी गुरुङले सम्हाल्नेछन्।
नेपालीज क्यानाडियन क्रिकेट क्लब (एनसीएसी)को आयोजनामा हुन लागेको प्रतियोगिता टी-२०लिग ढाँचामा खेलाइनेछ।
प्रतियोगितामा अमेरिकाऽ क्यानडा र यूकेले गरेका ८ वटा नेपाली टिमहरूको सहभागिता रहनेछ। खेलहरू दुईवटा भिन्न मैदानमा सञ्चालन गरिनेछन्।
म्याक्स सीसीको टोलीमा युकेमा रहेका नेपाली खेलाडीहरू मात्र नभई अष्ट्रेलिया र न्यूजिल्यान्डमा खेलिसकेका, हाल युकेमा रहेका अनुभवी नेपाली खेलाडीहरूपनि समावेश हुने जनाएका छन्।
प्रतियोगितामा विजेता टिमले पहिलो पुरस्कार ५,००० क्यानाडियन डलर , दोस्रो पुरस्कार २,५०० क्यानाडियन डलर रहेको जानकारी आयोजकले दिएको छ ।
म्याननी गुरुङले भने, “यो मेरो लागि मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरूका लागि गौरवको क्षण हो।”
एनसिसीसी कप २०२५ मा म्याक्स सीसीको सहभागिता नेपाली क्रिकेट अन्तर्राष्ट्रिय विस्तारको दृष्टिले एक महत्वपूर्ण पाइला भएको आयोजकको विश्वास छ।