एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा एबं चौथो बार्षिकोत्सव समारोह कार्यक्रम श्रावण १८ गते आईतवार सम्पन्न भएको छ।
कार्यक्रमा २०८२-८३ को बार्षिक कार्यक्रम, बजेट, वार्षिक प्रतिवेदन र आय-व्यय विवरण प्रस्तुत भएको थियो।
समारोहमा एथलेटिक्स खेलका लामो दूरीका धावकद्वय त्रिभुवन आर्मी क्लबका खड्कबहादुर खड्का र पूर्णलक्ष्मी न्यौपाने, एथलेटिक्स प्रशिक्षकद्धय सिताराम चौधरी र देबीबहादुर बस्नेतलाई सम्मान गरियो।
एथलेटिक्स परिवार नेपालले २०८१-८२ मा नेपालका विभिन्न १४ वटा खेलकुद कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोगीको रुपमा सहभागी भएको थियो।
यो वर्ष चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट कार्तिक २७ देखि २९ गते सम्म काठमाडौंमा, नेपाल रन ५ किमी च्यालेन्ज नेपालका विभिन्न ५ स्थानमा असोज महिनाबाट र राष्ट्रिय मिक्स रिले रन पुस महिनामा काठमाडौंमा संचालन गर्ने गरी वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ।
यस्तै नेपालमा विभिन्न स्थानहरुमा आयोजना हुने करिब १० वटा एथलेटिक्सका विभिन्न स्तरका प्रतियोगिताहरुमा प्राविधिक सहयोग गर्ने भएको अध्यक्ष राजन खत्रीले जनाएका छन् ।