आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ मा बिहीबार एकल अग्रता कायम गरेको छ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको आठौं चरणको खेल सकिँदा स्ट्यागले ७७ अंक जोडेको छ।
स्ट्यागलाई पछ्याइरहेको एभीएम टेबलटेनिस क्लबले ७५ अंक बटुलेको छ।
टप स्पिन टेबलटेनिस गुड्स नेपालले ७२ तथा खोल्चा पुखु खेलकुद समिति र होप्स टेबलटेनिस एकेडेमीले समान ६०–६० अंक जोडेका छन् ।
यल टेबलटेनिसले ५९, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ५४, कीर्तिपुर नगरपालिकाले ५३, द ड्रागन्स टेबलटेनिस क्लबले ४८ र ओल्ड हाउस रेस्ट्रोले ४२ अंक बटुले ।