नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा कास्य पदक जितेकी छन्।
श्रेष्ठले एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेरसमूहमा कांस्य पदक जितेकी छन्।
८ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जितेका छन्।
उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको अफिसियल दिनेश राजभण्डारीले जनाएका छन्।