बौद्ध इन्टरनेशनल स्कुल (बिआइएस) को आयोजनामा भएको आठौं बिआइएस अन्तर-विद्यालय बास्केटबल प्रतियोगितामा चाँदबाग र मातृभूमिले उपाधि जितेका छन्।
सोमबार भएको उपाधि भिडन्तमा गर्ल्सतर्फ चाँदबागले काष्टमान्डप विद्यालयलाई हरायो। खेलमा चाँदबाग २१-८ ले विजयी भयो। चाँदबागकै सौर्या बाराकोटी मोस्ट भ्यालुएबल खेलाडी घोषित भइन्।
यस्तै ब्वाइजतर्फको उपाधि भिडन्तमा मातृभूमिले आयोजक बौद्ध इन्टरनेसनलमाथि जित निकाल्यो। मातृभूमीले ५०-३३ को स्कोरमा विजयी हुँदै सिजनको उपाधि जित्न सक्षम भयो।

ब्वाइजमा मातृभूमिका आभास राउत मोस्ट भ्यालुएबल खेलाडी हुन सफल भए। प्रतियोगितामा मेरिडियन इन्टरनेसनल स्कुललाई फेयर प्लेको ट्रफी दिइयो।
यो सिजन २५ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए। १९ दिन चलेको प्रतियोगिता २१ ब्वाइज टिम र १६ गर्ल्स टिमले भाग लिएका थिए।
यो वर्ष विजेता र उपविजेता टिमसहित सर्वोत्कृष्ट खेलाडी (एमभिपी), सर्वाधिक स्कोरकर्ता र फेयर प्ले टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार वितरण गरे।