एभरेष्ट महिला भलिबल लिगका लागि चितवन शक्तिले आफ्नो पहिलो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।
चितवनले अजबैजानकी राष्ट्रिय टिमकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
केन्सिया पहिलो पटक नेपाल आएर खेल्न लागेकी हुन् । उनी पहिलो पटक नेपाल आएर खेल्न निकै उत्साहित रहेको उनले बताएकी छिन् ।
चितवनको मार्की खेलाडीको रुपमा नेपाली राष्ट्रिय महिला टिमकी कप्तान अरुणा शाही रहेकी छिन्।
असोज दोस्रो सातादेखि हुने महिला लिगमा ६ टिमले भाग लिँदैछन्।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुँदैछ।