माल्दिभ्समा सुरू भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी सुरूवात गरेको छ।
नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको पुलिसले आइतबार भएको खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
पुलिसले पहिलो सेट २५-१९ ले जितेको थियो। प्रतिस्पर्धात्मक दोस्रो सेटमा पुलिस २७-२५ ले विजयी भयो।
तेस्रो सेट२५-१९ ले जितेपछि पुलिसले सहज रुपमा खेल आफ्नो पक्षमा परेको हो।
प्रतियोगितामा पुलिसले दोस्रो खेलमा सोमबार श्रीलंकाको श्रीलंका एयर फोर्ससँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता छ।