नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।
शनिबार राति भएको उपाधि भिडन्तमा उज्वेकिस्तानको हुमोलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो।
पुलिसले हुमोलाई २५-१६, २५-२२ र २५-२३ ले पराजित गर्दै उपाधि जितेको हो।
यसअघि पुलिसले समूह चरणमा लगातार पाँच खेलमा जित निकालेको थियो। पुलिसले शुक्रबार भएको अन्तिम खेलमा माल्दिभ्स पुलिसलाई हराउँदा चौथो खेलमा चौथो खेलमा माल्दिभ्सकै वाम्कोमाथि ३-२ को रोमाञ्चक जित निकाल्यो।
यसअघि पुलिसले तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल र सोमबार पुलिसले श्रीलंका एयर फोर्सलाई ३-० ले हराएको थियो। नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको पुलिसले आइतबार भएको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।
प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो।