मालिका केशरीद्वारा लिखित उपन्यास ‘सुवर्णलता’ सार्वजनिक भएकाे छ।
साेमबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्त तथा प्राज्ञ गीता केशरीले संयुक्त रूपमा उपन्यास सार्वजनिक गरेका थिए। पुस्तकको बारेमा बोल्दै कूलपति सरुभक्तले भने, ‘नेपाली साहित्यमा युवा पुस्ताको प्रवेश आशालाग्दो तवरले भएको छ। आत्मैदेखिको चाहनाले उत्प्रेरित भएर लेखकले साहित्य सिर्जना गरेका छन्।’
यस्तै प्राज्ञ गीता केशरीले उपन्यासको बारेमा समीक्षा गर्दै बुद्ध वाणीमा आधारित यस्ता सिर्जना नेपाली साहित्यमा आवश्यक भएको बताइन्। कार्यक्रममा बाेल्दै लेखक केशरीले हजुरआमाले बाल्यकालमा सुनाएका कथाबाट नै आफूमा लेखनकला विकास भएको बताए।
दुवै उपन्यास सांग्रिला बुक्सले प्रकाशन गरेको हो।