फेसियल हाउसको आयोजनामा जेष्ठ ११ गते शुक्रबार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ ।
'फेसियल हाउसले यसपटक फेशन शोका लागि मोडल मात्र नभई रोलमोडल पनि छानेको छु', फेसियल हाउस संचालिका सुष्मा महराले भनिन, 'समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौं । त्यसैले यसपल्ट चर्चित कलाकार, गायकगायिकाहरुका साथै तिनै कला क्षेत्रको समाचार पस्किने पत्रकारहरु, समलिङ्गी ब्यत्तिहरु लगायतलाई र्याम्पमा उतार्दैछौं ।'
फेसियल हाउसले समय सान्धर्भिक रुपका फेशनलेबल डीजाईन मेकअप र भबिष्यमा हुने र चल्ने डिजाईन तथा मेकअपलाई फेशन टेड्र मार्फत प्रस्तुत गर्दै आएको छ । ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ले फेसनको दुनियामा अझ बढि समय सान्दर्भिक विम्ब सिर्जना गर्नेछु', फेसियल हाउसकी संचालिका सुष्मा महराले भनिन ।
अभिनेत्री करिष्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्यलगायत, मिस नेपालहरु उषा खड्गी र सुगरिका केसी, अभिनेताहरु आमेश भण्डारी, यशराज गराच लगायत, ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम र्याम्पमा उत्रनेछन् ।
फेसन ट्रेडमा साप्ताहिकका सम्पादक सुवास ढकाल, शुक्रवारका सम्पादक केपी ढुंगाना, कामनाका सम्पादक विदुर गिरी लगायतका पत्रकारहरुलाई पनि र्याम्पमा उतार्न लागिएको छ । पत्रकारहरुलाई यसरी फेशन शोमा उतारिएको घटना सम्भवतः यो पहिलो हुनेछ ।
कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति दिनेछन । फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफी लक्की खड्की, स्मित तामाङ, ड्रेस डिजाइन प्रेम देब, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाईनमा बिगेन तामाङ रहने छन् ।