नेपाली फिल्म 'परदेशी २' को टिमले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ।
भूकम्प प्रभावितलाई आर्थिक रूपमा सहयोग गर्नका लागि टिमले ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको हो।
फिल्मका निर्देशक नारायण माझीले फेसबुकमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने जानकारी दिएका हुन्। आर्थिक रूपमा सहयोग गरिने उक्त रकम सरकारद्वारा स्थापित कोषलाई दिने निर्देशक रायमाझीले बताएका छन्। निर्देशकले भूकम्पबाट ज्यान गुमाएकाप्रति समवेदना समेत प्रकट गरेका छन्।
जाजरकोटलाई केन्द्रबिन्दु बनाई शुक्रबार मध्यराति गएको विनाशकारी भूकम्पका कारण जाजरकोट र रूकुम पश्चिममा ठूलो रूपमा जनधनको क्षति भएको थियो।