काभ्रेका साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको संस्कृति सम्बन्धी किताब 'पनौतीका केही जात्रापर्वहरू' को दोस्रो संस्करण सार्वजनिक भएको छ। डा. पुरूषोत्तम लोचन श्रेष्ठ, पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, निवर्तमान नगरप्रमुख भीम न्यौपाने र लेखक लाकोजूले किताब लोकार्पण गरेका हुन्।
पनौती सहरको विशेषतालाई अक्षरमा लिपिबद्ध गरेर यो सहरबारे जानकारी लिन चाहनेहरूका लागि लाकोजूले पनौतीसम्बन्धी किताब लेख्दै आएका छन्। आफू यही सहरमा जन्मिएकाले उनले आफ्नो प्रेमको प्रतीकका रूपमा नयाँ पुस्तक लेखेको बताए।
यो किताबमा पनौतीको इतिहास, जात्रा, पर्व, एतिहासिक नाच लगायत विषयमा जानकारी छ।