मित्र प्रधान (नर) को निर्देशनमा फिल्म 'यो मन त मेरो नेपाली हो' बन्ने भएको छ।
पद्मा इश्वर इन्टरटेन्मेन्ट ब्यानरमा बन्ने फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्नेछ। फिल्मले नेपाली भाषा, साहित्य, कला, इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए।
शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, सञ्जित भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुव दत्तलगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको छायांकन मंसिर ६ गतेदेखि सुरू हुनेछ। फिल्मको छायांकन पाँचथर, झापा, सिक्किम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिकामा हुनेछ। फिल्मलाई सौरव लामाले छायांकन गर्नेछन्।
फिल्ममा दिपक शर्माको संगीत, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी रहनेछ।