'लाखे' का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माण घोषणा गरेका छन्। उनले निर्देशन गर्न लागेको फिल्मको नाम 'कंगारू' राखिएको छ।
राजिव गुरूङ 'दीपक मनांगे' को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए।
फिल्म निर्माण घोषणा गरिएपनि कलाकार भने सार्वजनिक गरिएको छैन। फिल्मका लागि विभिन्न कलाकारहरूसँग कुराकानी भइरहेको निर्माण टिमले बताएका छन्।
फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्म्ससँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो। सिमा गुरुङको कथा रहने फिल्ममा महेश दवाडीको पटकथा रहेको छ।
प्रेम थापा र धन बहादुर गुरुङ निर्माता रहेको फिल्ममा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ सह-निर्माता छन्। यो फिल्मको छायांकन फागुनदेखि सुरू हुनेछ।