निर्देशक दिनेश राउतले नयाँ फिल्म निर्माण घोषणा गरेका छन्।
उनले फिल्म 'पूजार सार्की' बनाउन लागेका हुन्। फिल्म माघको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको निर्देशक राउतले बताए।
फिल्म निर्माण घोषणा गरिएपनि कलाकारको नाम सार्वजनिक गरिएको छैन। निर्देशक राउतका अनुसार हाल कलाकारसँग कुराकानी भइरहेको र केही दिनमै कलाकारको नाम सार्वजनिक गरिनेछ।
किङडम नेटवर्क प्रोडक्सनबाट बन्ने फिल्ममा सुभाष भुषालको लगानी रहनेछ।
फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। राउत र सुवेदीले यसअघि फिल्म 'प्रकाश' मा सहकार्य गरेका थिए।