मित्र प्रधान (नर) को निर्देशनमा बन्ने फिल्म 'यो मन त मेरो नेपाली हो' को छायांकन सुरू भएको छ।
दमकको पशुपतिनाथ मन्दिरमा सोमबार पूजा गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। फिल्मलाई पूर्व राजा ज्ञानेन्द्र शाहले समेत शुभकामना दिएको छन्।
फिल्मको पहिलो छायांकन पाँचथरबाट सुरू गरिएको छ। यसपछि झापा हुँदै सिक्किम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीकालगायत देशमा छायांकन हुनेछ।
पद्मा इश्वर इन्टरटेन्मेन्ट ब्यानरमा बन्ने फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्नेछ। फिल्मले नेपाली भाषा, साहित्य, कला, इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए।
शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, सञ्जित भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुव दत्तलगायत कलाकारको अभिनय रहनेछ।