गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि 'राष्ट्रको प्रतिभा' नामक रियालिटी शो हुने भएको छ।
आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै शोको घोषणा गरेको हो। एएनपी मिडिया हाउसका अध्यक्ष तथा शोका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी दिए।
निर्णायकमा गायनतर्फ आनन्द कार्की र देविका बन्दना रहनेछन् भने नृत्यतर्फ मिथिला शर्मा र गौरी मल्ल रहनेछन्। शोमा रंगपत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुईटेल कार्यक्रम संयोजक, शुम्भुप्रसाद रेग्मी इभेन्ट संयोजक र अनिता तामाङ कार्यालय संयोजक रहेका छन्।
लबबहादुर कार्की र डेभिल सिंह राजपूतको संयुक्त निर्देशन रहने शोमा सूर्य गुरुङ मुख्य सहायक निर्देशक रहनेछन्। मंसिर १६ गतेदेखि काठमाडौंमा अडिसन सुरू हुने बताइएको छ।
चैतको पहिलो सातादेखि कार्यक्रममा प्रसारण गर्न निर्माण टिमको योजना छ। शोमा एभेन्टोज नेपाल नेशनल र ग्लोबल अनलाइन पे इन्टरनेशन भोटिङ पार्टनर छन्।