अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको फिल्म 'पानीफोटो' सिनेमाघर एपमा रिलिज भएको छ।
आज रिलिज भएको यस फिल्मलाई विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ। यो फिल्म गतवर्ष साउन १३ गते हलमा रिलिज भएको थियो।
फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुंगाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक तथा अभिनेता खगेन्द्रले लेखेका हुन्।
फिल्ममा माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बुवा-आमाको कथालाई प्रस्तुत गरिएको छ।
टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मका निर्माता रोजिना सिटौला र रविन्द्र बज्राचार्य हुन्। दिपक बज्राचार्यले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।
डेढ दशक अगाडि गुरूकुलमा 'पानीफोटो' नामक नाटक मञ्चन भएको थियो। त्यही नाटकमाथि खगेन्द्रले फिल्म बनाएका हुन्।
'पानीफोटो' हेर्न २०० तिर्नुपर्ने हुन्छ। यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्म हेर्न सकिन्छ। सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन्। एपमा उपलब्ध फिल्महरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ। साथै गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ।