दिनेश राउतको निर्देशनमा बन्ने फिल्म 'पूजार सार्की' मा अभिनेता आर्यन सिग्देल र प्रदीप खड्का अनुबन्धित भएका छन्।
यस फिल्ममा उनीहरू पहिलोपटक एकसाथ काम गर्दैछन्। आइतबार एक तस्बिर सार्वजनिक गर्दै निर्देशक राउत उक्त जानकारी दिएका हुन्।
फिल्म माघको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको निर्देशक राउतले बताएका छन्।
किङडम नेटवर्क प्रोडक्सनबाट बन्ने फिल्ममा सुभाष भुषालको लगानी रहनेछ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।