दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म 'पुजार सार्की' मा अभिनेत्री अन्जना बराइली र प्रतिक्षा लिम्बु अनुबन्धित भएका छन्।
सोमबार निर्माण टिमले उनीहरूको तस्बिर सार्वजनिक गर्दै फिल्ममा अनुबन्ध गराएको जानकारी दिएका हुन्। यसअघि फिल्ममा अभिनेता आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह अनुबन्धित भइसकेका छन्।
अभिनेत्री अन्जनाले 'महापुरूष' मा अभिनय गरेकी थिइन् भने प्रतिक्षाले 'जारी' र 'छक्का पन्जा ४' मा अभिनय गरेकी छन्।
फिल्म माघको पहिलो साताबाट छायांकनमा जाने तयारीमा छ। किङडम नेटवर्क प्रोडक्सनबाट बन्ने फिल्ममा सुभाष भुषालको लगानी रहनेछ।
फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। राउत र सुवेदीले यसअघि फिल्म 'प्रकाश' मा सहकार्य गरेका थिए।