चर्चित टेलिसिरियल 'सक्किगोनि' को पछिल्लो एपिसोड दर्शकलाई थप विशेष लाग्नसक्छ। यसको बिहीबार प्रसारित एपिसोडमा अर्को चर्चित टेलिश्रृंखला 'हल्का रमाइलो' का मुख्य पात्रहरू मरिचमान श्रेष्ठ 'बल्छी धुर्बे' र पुजन घिमिरे 'पुकु' देखिएका छन्।
यी दुई कलाकारले क्यारेक्टर पोशाकमै सक्किगोनिमा अभिनय गरेका हुन्। हल्का रमाइलोको सुटिङका लागि गाउँमा पुगेको सन्दर्भमा उनीहरूलाई प्रस्तुत गरिएको छ।
एउटा चर्चित सिरियलका शीर्ष पात्रहरू अर्को चर्चित सिरियलमा अतिथि भूमिकामा यसरी कमै प्रस्तुत हुने गरेका छन्।
मरिचमानले 'सक्किगोनि' को उक्त एपिसोड फेसबुकमा सेयर गर्दै मिठो सहकार्य भएको बताएका छन्।
'सक्किगोनि’ का शीर्ष कलाकार एवं निर्देशक अर्जुन घिमिरेले उक्त एपिसोडलाई हास्य गठबन्धनका रूपमा उल्लेख गरेका छन्।