सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म 'जन्ते बाख्रो' मा अभिनेता आसिफ शाह अनुबन्धित भएका छन्।
यो फिल्मको मुख्य भूमिकामा यसअघि अभिनेता सौगात मल्ल अनुबन्धित भइसकेका छन्।
फिल्ममा आसिफको पनि मुख्य भूमिका रहनेछ। उनले फेसबुकमा तस्बिर राख्दै निर्माण टिमलाई धन्यबाद दिएका छन्।
आसिफ झण्डै ७ वर्षपछि फिल्म अभिनयमा फर्किन लागेका हुन्। यसअघि उनी फिल्म 'दुई रुपैयाँ' मा देखिएका थिए। त्यसयता फिल्ममा काम नगरे पनि रियालिटी शो उद्घोषण र म्युजिक भिडिओ मोडलिङमा सक्रिय थिए।
फिल्म 'जन्ते बाख्रो' को छायांकन तिहारपछि सुरू हुनेछ। निर्देशक सिमोस सुनुवार रियालिटी शो रोडिजमा ब्यस्त भएसँगै छायांकन पछि सारिएको हो।
फिल्मको मुख्य अभिनेत्री लगायतका केही कलाकारका लागि अडिसन आब्हान गरिएको छ। जसको छनोटको काम केही दिनमा सुरू हुने निर्देशक सिमोसले बताए।
यो फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। ग्रामीण परिवेशको कथामा रहेर फिल्म निर्माण हुने जनाइएको छ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोस स्वयं निर्माताका रूपमा छन्।
फिल्मलाई हरि हुँमागाईले छायांकन गर्नेछन्।