नेपाली फिल्म ‘बुलाकी’ पुनः प्रदर्शनमा आएको छ।
सुरक्षा पन्त, विराज विष्ट र नरेन खड्काको शीर्ष अभिनय रहेको फिल्म शुक्रबार दोस्रो पटक रिलिज भएको हो।
लक्ष्मण सुनारको निर्देशन र टोपेन्द्र विष्टको निर्माण रहेको फिल्म यसअघि गतवर्ष प्रदर्शनमा आएको थियो।
एकै दिन धेरै नेपाली फिल्म रिलिज हुँदा प्रयाप्त सो नपाएको भन्दै निर्माताले फिल्मलाई दोस्रो दिनबाट उतारेका थिए।
फिल्ममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारीप्रथाको यथार्थ सामाजिक परिवेशलाई देखाइएको छ। यसपटक फिल्मले दर्शकको साथ पाउने अपेक्षा निर्माण टिमको छ।