फिल्म '१२ गाउँ' को दुईवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
अभिनेता एवं निर्माता विराज भट्टले फिल्मको टिजर आउनु अगाडि पोस्टर सार्वजनिक गरेका हुन्।
सार्वजनिकमध्ये एउटामा विराज र अर्कोमा उनका छोरा समीर फिचर्ड छन्। विराज एंग्री लुक्समा देखिएका छन्। समीर सिक्स प्याक्ड बडीमा प्रस्तुत छन्।
पोस्टरअनुसार दुवै अभिनेता एक्सन भूमिकामा रहेको बुझ्न सकिन्छ। विराजका छोरा समीरले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
फिल्मको टिजर आज दिउँसो २ बजे सार्वजनिक हुँदैछ।
फिल्ममा विराज र समीरसहित न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।
नेपाली एक्सन फिल्मलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी यसमा काम गरेको विराजले बताएका छन्।
फिल्म दसैंको फूलपाति अर्थात असोज २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।