स्वीटजरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा नेपाली अभिनेत्री थिन्ले ल्हामोले अवार्ड जितेकी छन्।
मीनबहादुुर भामद्धारा निर्देशित नेपाली फिल्म 'शाम्बाला' मा मुख्य पात्रको भूमिकामा अभिनय गरेकी ल्हामोले उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित 'बोक्कालिनो डिओर' अवार्ड जितेकी हुन्।
दक्षिण एसियाली कलाकारले पहिलोपटक यस प्रकारको सम्मान र ऐतिहासिक सफलता हासिल गरेको फिल्म निर्माण टिमको दाबी छ।
साम्बालामा थिन्लेले बहुुपति प्रथा अनुुसार विवाह गरेकी डोल्पाली महिला पेमाको प्रतिनिधित्व गर्दै अभिनय गरेकी छन्। जसमा ती महिला पात्रले हिमाली क्षेत्रको संघर्षपूूर्ण जीवनयापन अन्त्य गर्दै जीवनमा नयाँ खोज र स्वतन्त्रताका लागि गरेकोे जोखिमयुुक्त यात्रा गरेकी छन्।
फिल्मको टिमले विज्ञप्ति जारी गर्दै भनेको छ, – 'साम्बाला फिल्म टीम कलाकार थिन्ले र समग्र टीमलाई यस उदाहरणीय सफलताका लागि हार्दिक बधाई र आभार प्रकट गर्न चाहान्छ। यो अवार्ड जित्नुु थिन्लेको उत्कृष्ट अभियानको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्वपूूर्ण क्षण हो। साथै, यो अवार्ड नेपाली कलाकारले जित्नुुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रूपमा लिन सकिने विश्वास हामीले गरेका छौं।'
निर्देशक मीन र अविनाश विक्रम शाहले फिल्मको कथा लेखेका हुन्। थिन्लेसहित सोनम तोप्देन, कार्म लगायतका कलाकारहरूले यसमा अभिनय गरेका छन्।
'शाम्बाला' नेपाली हलमा भदौ २८ गते रिलिज हुने तयारीमा छ।