कलाकार जोडी सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' डेढ महिना लामो युरोप टुर सकेर नेपाल फर्किएका छन्।
युरोपका आधा दर्जन बढी देशमा आयोजित 'धुर्मुस–सुन्तली साँझ' मा हास्य व्यङग्य प्रस्तुति दिएर उनीहरू आइतबार स्वदेश फर्किएका हुन्।
फिनल्याण्ड, माल्टा, क्रोएसिया, स्पेन, बेल्जियम, जर्मनी लगायतका देशमा यो कार्यक्रमको आयोजना गरिएको थियो।
स्वदेश फर्किएसँगै 'धुर्मुस र सुन्तली' ले गाईजात्रा महोत्सवमा प्रस्तुति दिँदैछन्।
सोमबारदेखि राष्ट्रिय नाचघरमा सुरू हुने 'गाईजात्रा महोत्सव २०८१' मा उनीहरूले प्रस्तुति दिन लागेका हुन्।
बेलुका ५ बजेदेखि सुरू हुने कार्यक्रममा धुर्मुस सुन्तलीसहित राजा राजेन्द्र पोखरेल, शिवशंकर रिजाल ‘जोगिन्दर’, सुरेन्द्र केसी ‘मुलासाग’, पल्पसा डंगोल ‘चम्सुरी’, हिमेश पन्त, खड्ग बहादुर पुन (खबपु), सुयशा खनाल लगायतको प्रस्तुति रहनेछ।
कार्यक्रम १० गतेसम्म चल्नेछ।