१५ वर्षदेखि काठमाडौंको ज्ञानेश्वरमा सञ्चालनमा रहेको एटिक रेस्टुरेन्टले दसैं विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
शुक्रबार साँझ साढे ६ बजेदेखि सञ्चालन हुने 'दसैं फेस्टिबल सेलिब्रेसन कार्यक्रम' मा लाइभ म्युजिक पर्फमेन्स सहितको दर्शक तथा अतिथिले मनोरञ्जन लिन सक्नेछन्।
रेस्टुरेन्टको गेटमा पुगेपछि सो कार्यक्रमका लागि ग्राहकले टिकट लिनुपर्नेछ। टिकट लिएपश्चात एउटा पेय पदार्थ निःशुल्क उपलब्ध हुने समेत रेस्टुरेन्टले जनाएको छ।
लाइभ प्रस्तुतिका लागि इमर्ज ब्यान्डका पप आर्टिस्ट उजन शाक्य रहनेछन्। कार्यक्रममा उजनले 'मैचा', 'रजामति', 'च अवाज', 'ठाउँ काने' लगायतका गीतहरू प्रस्तुत गर्नेछन्।
कार्यक्रममा उनले नयाँ गीत समेत सार्वजनिक गर्ने तयारी गरेका छन्।
यस्तै, नेपाली म्युजिक इन्डस्ट्रीका राइजिङ स्टारका रूपमा रहेका वर्षा कर्मचार्यले कार्यक्रममा लाइभ म्युजिक पर्फमेन्स गर्नेछिन्। विगत ६ वर्षदेखि नेपालको साङ्गीतिक क्षेत्रमा निरन्तर चर्चामा रहेका संगीतकार अमित जंगले समेत कार्यक्रममा प्रस्तुति दिनेछन्।
कार्यक्रम सञ्चालन चर्चित उद्घोषक खुश्बु प्रधानले गर्नेछिन्।
कार्यक्रममा ट्रेडिसनल नेपाली फुड तथा बेभरेजहरू नेवारी खानेकुराहरू लगायतको मज्जा लिन सकिनेछ। साथै ऐंला अर्थात् नेवारी समुदायमा सत्कारका क्रममा दिइने रक्सीको समेत मज्जा लिन सकिनेछ।
करिब ३०० जना क्षमता भएको यस होटलमा यस रेस्टुरेन्टमा ठूलो सञ्चालन गर्न सकिनेछ। साथै इन्डियन कन्टिनेन्टल नेपाली तथा अन्य विभिन्न कुजिनहरू समेत रेस्टुरेन्टमा उपलब्ध छ। अतिथिहरूका लागि पार्किङको राम्रो व्यवस्था रहेको यस होटल सवारी साधनमा सहजै पुग्न सकिनेछ।