दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता मेका श्रीकान्त यतिबेला नेपालमा छन्।
सोमबार दिउँसो श्रीमती र दुई सहयोगीसहित काठमाडौं आएका उनी साँझ पशुपतिनाथ मन्दिर दर्शनका लागि पुगेका थिए।
उनले मंगलबार बिहान बुढानिलकण्ठ मन्दिरको दर्शन गरेका छन्।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालमा केही तस्बिर राख्दै यसबारे जानकारी दिएका हुन।
मंगलबार दिउँसो जनकपुरको जानकी मन्दिर दर्शन गरेर श्रीमान्त त्यतैबाट भारत फर्किने जनाइएको छ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको निम्तोमा नेपाल घुम्न आएका उनले तेलुगु, तामिल, कन्नडा र मलायलमसहितका थुप्रै फिल्म अभिनय गरेका छन्।
उनी पछिल्लो समय जुनियर एनटीआरको शीर्ष भूमिका रहेको 'देवरा पार्ट वन' मा देखिएका थिए। यो फिल्म नेपालमा समेत रिलिज भएको थियो।
राम चरण र कियारा आडवाणी अभिनीत फिल्म 'गेम चेन्जर' मा पनि श्रीकान्त देखिँदैछन्।