फिल्म 'फर्की फर्की' निर्माता रोहित अधिकारीले 'माइतीघर' निर्माणको घोषणा गरेका छन्। रामशरण पाठकको लेखन रहने फिल्मलाई मिलन तामाङले निर्देशन गर्नेछन्।
'स्क्रिप्ट राम्रो लागेपछि जोडिएको हुँ,' निर्माता अधिकारीले भने, 'लेखनको काम अन्तिम चरणमा पुगेको छ। छिट्टै कलाकार फाइनल गर्छौ।'
सामाजिक, पारिवारिक कथामा बन्ने फिल्ममा नाम चलेका कलाकारहरूलाई नै लिइने उनले बताए। उनका अनुसार फिल्मको छायांकन फागुन–चैतमा गरिनेछ।
रोहित अधिकारी फिल्मस् प्रा.लि.को ब्यानरमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ। आउँदो दसैंको फूलपातिमा फिल्म रिलिज गरिने अधिकारीले बताए।
पाँच दशकअघि बनेको फिल्म 'माइतीघर' को नाम सापटी लिएर सोही नाममा नयाँ फिल्म बनाउन लागिएको हो।
रोहितले यसअघि 'गाजलु, छ माया छपक्कै र फर्की फर्की' निर्माण गरिसकेका छन्। जसमध्ये 'फर्की फर्की' यही वर्षको जेठमा प्रदर्शनमा आएको थियो।