सुपरहिट फिल्म 'प्रेम गीत' का निर्देशक र अभिनेताबीच फेरि सहकार्य हुने भएको छ।
निर्देशक सुदर्शन थापाले अभिनेता प्रदीप खड्कालाई लिएर फिल्म 'शुभ विवाह' निर्देशन गर्ने भएका हुन्।
निर्देशक थापाले हालसालै चलचित्र विकास बोर्डबाट यो नाममा फिल्म निर्माण इजाजत लिएका छन्। जसमा कलाकारमा प्रदीप र स्वर्णीम पाण्डेको नाम छ।
सुदर्शन थापा प्रोडक्सन प्रा.लि.को व्यानरमा बन्ने फिल्मको निर्मातामा पनि सुदर्शन स्वयंको नाम उल्लेख छ।
फिल्मबारे औपचारिक केही जानकारी दिइएको छैन। यसको नामबाट यो विवाहको कथामा आधारित हुने अनुमान गर्न सकिन्छ।