प्रदीप खड्का, विजय लामा, कविता नेपालीलगायत कलाकारहरू अभिनीत साइन्स–फिक्सन फिल्म 'एक्लो' को फर्स्टलुक भिडिओ सार्वजनिक गरिएको छ।
निर्माण पक्षले आइतबार यो भिडिओ ल्याउँदै फिल्म डिसेम्बर २०२५ (आउँदो पुस)मा प्रदर्शनमा आउने समेत घोषणा गरेको छ।
सार्वजनिक भिडिओमा कलाकारहरूको लुक्स देखाइएको छ।
प्रदीप शाहीको निर्देशनमा बनेको 'एक्लो' मा प्रदीप, विजय, कवितासहित जेमी बेकन, सुनील थापा, बेनिशा हमाल, दीया पुन, सुरज सिंह ठकुरी, दिनेश डिसी, एवनराज उप्रेतीलगायत कलाकारहरूको अभिनय छ।
हाल बेलायतमा पोस्ट–प्रोडक्सन भइरहेको फिल्मले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिको पहिचान बनाइसकेको छ।
यसका निर्देशक प्रदीप शाहीले यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन्। बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका शाहीले 'एक्लो' लाई हलिउडस्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण गरिएको बताएका छन्।
फिल्मका निर्माता राजुकुमार गुरूङ, हरिकुमार श्रेष्ठ, विष्णुबहादुर तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीनकुमार सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरूङ छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशनमा राजु तामाङ, सेट डिजाइमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा, र प्रोडक्सन डिजाइमा द्रोण प्रसाद पौडेल 'ठेउके' संलग्न छन्।
यो फिल्मलाई 'एक्लोः वान' भनिएको छ।