सन् १९८० को दशकको नेपथ्यमा कथा पस्केको साउथ सुपरस्टार रामचरणको पछिल्लो रिलिज 'रंगास्थलम'ले दर्शक तथा समिक्षक दुवैको मन जित्दै सर्वाधिक चाँडै १०० करोड कमाउने दोस्रो तेलेगु फिल्म बन्न सफल भएको छ। फिल्मले चार दिनमा विश्वव्यापीरूपमा १०० करोडको ग्रस कमाइ गर्न सफल भएको हो। यसअघि यो रेकर्ड 'बाहुबली'ले बनाएको थियो।
मंगलबार फिल्मका निर्माताहरूले यसको पुष्टि गरेका हुन्। रिलिजको चौथो दिनसम्ममा फिल्मले १०२ करोड भारू कमाइ गरेको उनीहरूको दाबी छ। फिल्म राम चरणको आजसम्मको फिल्मी करियरको सर्वाधिक ठूलो सुरूवाती व्यापार गर्ने फिल्म पनि भएको छ।
फिल्ममा उनी श्रवण शक्ति नभएका तर ओठको चालबाट भनेका कुरा बुझ्ने इन्जिनियरको भूमिकामा छन्। फिल्मलाई धेरैले रामचरणको करियरको आजसम्मकै उत्कृष्ट फिल्म भनेका छन्। रिलिजको दोस्रो सातामा चलिरहेको फिल्मले विश्वव्यापीरूपमा हालसम्म १५० करोड भारूको ग्रस कमाइ गरिसकेको छ।