चेक बाउन्स मुद्धामा चर्चित बलिउड हास्य अभिनेता राजपाल यादवलाई अदालतले ६ महिना जेल सजाय सुनाएको छ। योसँगै अदालतले उनीमाथी लागेका सात आरोपका लागि प्रति आरोप १.६ करोड भारू जरिवानाको पनि फैसला गरेको छ। अदालतले उनकी पत्नी राधाले पनि प्रति केस १० लाख भारू जरिवाना तिर्नुपर्ने आदेश सुनाएको छ।
दुईवटा चेक बाउन्स मुद्धासँग सम्बन्धित सात मामिलामा उनलाई यो सजाय फैसला भएको हो। उनले जरिवाना स्वरूप कुल ११.२ करोड भारू जरिवाना भरपाइ गर्नुपर्नेछ। अदालतले यस्तो सजाय सुनाए पनि तुरून्तै जमानत प्राप्त भएकाले जेल जानबाट भने उनी हाललाई बचेका छन्। रसजपालले आफू यस फैसलाबाट असन्तुष्ट रहेकाले अदालतको उच्च सम्मान गर्दै उच्च अदालत जाने बताएका छन्।
अदालतले गएको साता नै उनी र उनकी पत्नीलाई दोषी ठहर गरेको थियो। राजपालले ८ वर्ष अगाडी निर्माण गरेको 'अता पता लापता' निर्माणका लागि ५ करोड भारू ऋण लिएका थिए र ऋण फिर्ता गर्नेका लागि उनले दिएका दुई चेक बाउन्स भएपछी उनी विरूद्ध अदालतमा मुद्दा परेको थियो। उनलाई यही केसका कारण सन् २०१३ मा चार दिन जेलसमेत बस्नुपरेको थियो।