अभिनेता अल्लु अर्जुन आफ्ना अभिनेता काका एवं राजनीतिज्ञ पवन कल्याणको पक्षमा उभिएका छन्। अभिनेत्री श्री रेड्डीले पवन कल्याणलाई व्यक्तिगत रूपमा आक्षेप लगाएपछि उनले आफ्ना काकाको बचाउमा गरेका हुन्। उनले आफ्ना काकाको व्यक्तित्वमा आक्रमण गर्ने श्री रेड्डीको आलोचना समेत गरेका छन्।
हालै पवन कल्याणले फिल्म उद्योगमा उनीमाथी भएको यौन शोषणको विषयलाई मिडियामा भन्दा प्रहरीकोमा लैजान सुझाव दिएपछि श्रीरेड्डीले उनको कडा आलोचना गरेकी थिइन्। उनले पवन कल्याणलाई आफूले दाजुभाइ मान्ने गरेकोमा पवनको प्रतोक्रियापछि सो बराबरको इज्जत दिने अवस्थामा अब आफू नरहेको भन्दै आलोचना गरेकी थिपन्। उनको सो कडा आलोचनालाई पवन कल्याणका प्रशंसकहरूले खुलेर विरोध गरेका थिए। चर्को विरोध भएपछि श्रीरेड्डीले आफ्नो बयानका लागि माफी मागेकी थिइन्।
काकाको यस किसिमको आलोचना भएपछि अर्जुनले आफ्ना काका चुलिएको फिल्मी करियरका बिच राजनीतिमा प्रवेश गरेको स्मरण गराउँदै राजनीतिमा जनताको सेवाको लागि आएको र उनीमाथी गरिएको टिप्पणी अति व्यक्तिगत भएकाले भर्त्सना गर्ने बताए।