बलिउड अभिनेता संजय दत्तको आगामी फिल्मको रिलिज भएको ट्रेलरका लागि अभिनेता रणवीर कपुरले प्रशंसा बटुलिरहेका छन्। फिल्ममा रणविरले संजयको भूमिकामा अभिनय गरेका छन्।
फिल्म २९ जुनमा रिलिज हुनेछ। रणवीर कपुरले बलिउडमा आफ्नो परिवारको चौथो पुस्ताको प्रतिनिधित्व गर्छन्। उनका बाबुका हजुरबुबा पृथ्वी राज कपुरदेखिको सिलसिला उनको पुस्तासम्म जारी नै रहेको छ।
थुप्रै फिल्ममा गरेका काम लागि रणविरले प्रशंसा बटुल्दै आइरहेका छन् तर विगतका केहि फिल्मले वक्सअफिसमा भने खासै कमाल गर्न सकिरहेका छैनन्। उनै रणविरसँग सम्बन्धित केहि कुरा भने अत्यन्तै रोचक छन्।
रणवीर प्रत्येक दिन बिहान उठ्ने वित्तिकै आफ्ना कलाकार हजुरबुबा राज कपुरको फोटो हेर्न मनपराउँछन्। रणविरलाई यो फोटो अत्यन्तै खास लाग्छ। उनले हेर्ने खासमा राज कपुरले निर्वाह गरेका विभिन्न भूमिकाको कोलाज तस्विर हो र सो तस्विर उनको कोठामा झुण्डाइएको छ।
त्यस्तै रणविर आफ्नो खानदानका सबैभन्दा पढेका सदस्य हुन्। उनले १० क्लास पास गरेका छन्। उनका पिता ८ क्लास फेल हुन भने हुनका हजुरबुबा ६ क्लासभन्दा माथि उक्लन सकेनन। रणवीरले १० पास गर्दा करिब ५६ प्रतिशत अंक ल्याएका थिए।
आफ्नो पढाइको विषयमा रणविरले एक अन्तरवार्तामा यस्तो बताएका थिए।
'म आफ्नो परिवारको सबैभन्दा पढेलेखेको मान्छे हो। मैले १० क्लासमा ५६ प्रतिशत ल्याको थिएँ। जब म सानो थिएँ म पढाइमा राम्रो थिइन । त्यसेले मेरी आमाले सँधै राम्ररी नपढे बुबालाई भन्दिन्छु भनेर तर्साउनुहुन्थ्यो। राम्रो भयो त्यो जमानामा ट्वीटर थिएन नत्र मेरो बुबा (ऋषि कपुर)ले मेरो खत्तम नम्बर ट्वीट गरेर सबैलाई भनिदिनुहुन्थ्यो।'