अदिति राव हैदरीले बिना कुनै पृष्ठभूमि बलिउडले आफूप्रति देखाएको सदाशयता र सहयोगबाट आफू प्रेरित हुने गरेको धारणा राखेकी छन्। 'भोग इन्डिया'को मे अंकसँगमा आफ्नो करियरको कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन्।
'मेरो यस उद्योगमा कोही छैन् जसले मलाई पछाडी बाट सहयोग गरोस। आफूले माया र सम्मान गरेका मानिसहरूबाट सहयोग प्राप्त गर्नु आफैमा प्रेरणादायी छ। म कसैलाई चोट नपुर्याइ आफूलाई लागेको काम गरिरहन चाहन्छु', उनले भनिन्, ' यदि कोही मलाई बिगार्न चाहन्छ भने त्यो उनीहरूको समस्या हो।'
रावको नजरमा अभिनय सबै कलाहरूको संगम हो।
उनी 'लन्डन, पेरिस, न्यूयोर्क', 'वजीर', तथा 'भूमि' आदि फिल्मका लागि परिचित छिन्। उनले बलिउडसँगै दक्षिण भारतका क्षेत्रिय सिनेमामा पनि काम गरेकी छन् भने उनी अभिनित 'दास देव' प्रदर्शनरत: छ।
हैदरावादमा जनमिएकी र दिल्लीमा हुर्केबढेकी राव आफ्नी मावली तर्फकी हजुरआमाबाट सर्वाधिक प्रभावित छिन्।
'म भरतनाट्यम मनपराउने भएकाले कुर्ता, बिन्दी, मालाहरू लगाउँथे तर मेरी हजुरआमा भने मलाई जंक फुड खानदिने तथा सटस लगाइदने तथा धुलोमाटोमा खेल्न बाहिर लगाउनुहुन्थ्यो', हजुरआमालाई सम्झदै उनी बताउँछिन्।