दायाँतर्फ विशाल बाँध। बाँधको छेउछाउको हराभरा दृश्य। त्यही हरियाली दृश्यलाई छुँदै पूर्वपश्चिम फैलिएको चित्ताकर्षक सडक।
दृश्य हो- मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत पर्ने एक्ले फाँटको। जहाँ मर्स्याङ्दी नदीको बाँध क्षेत्र छ। जसले एक्ले फाँटको मात्र नभइ पृथ्वी राजमार्गकै शोभा बढाएको छ।
पछिल्लो समय मुग्लिन–पोखरा सडकको पूर्वी खण्डको काम सकिएको छ। पश्चिम खण्डमा पनि तीव्र गतिमा काम भइरहेको पोखरासम्मको यात्रा सहज बनेको छ।
चिटिक्कको सडक र चित्ताकर्षक बाँध क्षेत्रका कारण मुग्लिन–पोखरा यात्रा गर्ने यात्रुहरूले एक्ले फाँटमा रोकिएर फोटो खिच्ने गर्छन्। वरपरको रमणीय दृश्यले उक्त सडकको शोभामा झन् बढोत्तरी ल्याएको छ।
-1761546241.jpg)
-1761546240.jpg)
-1761546240.jpg)
-1761546238.jpg)
-1761546239.jpg)
-1761546239.jpg)
-1761546237.jpg)
-1761546238.jpg)
-1761546237.jpg)
-1761546237.jpg)
-1761546236.jpg)
-1761546236.jpg)