बुधबार विश्च चर्चित भारतीय फिल्म निर्देशक सत्यजित रेको ९७ औं जन्म दिवस थियो। रेको चर्चा भारतीय सिनेमामा मात्र ओजस्वी छैन, विश्व सिनेमा मानचित्रमा उनको स्थान विशिष्ट छ। कयौं फिल्मकर्मीका आदर्शसमेत हुन् रे। चर्चित हलिउड फिल्म निर्देशक क्रिस्टोफर नोलानले रे निर्देशित 'पाथेर पञ्चाली'लाई विश्व सिनेमा इतिहासको सर्वोत्कृष्ट फिल्म मध्येको एक मानेबाट नै रेको फिल्मकारिताको आयाम बुझ्न सकिन्छ। ओस्कारको विशेष सम्मानबाट समेत सम्मानित उनै रेका जीवनका रोचक तथ्यहरू यस्ता छन्:
१. रे लेखनहरूको परिवारका सदस्य थिए। सुरूवाती जीवनकालमा रे ओरियन्टल कलाका ठूला प्रशंसक थिए। अजन्ता, इलोरा तथा इलेफेन्टा गुफाहरूमा तारान्तार जाने उनको बानीले उनलाई भारतीय कलाप्रतिको मोह जगाउने काम गरेको थियो। उनले आफ्नो करियर विभिन्न कम्पनीका लागि चित्रकारिता गरेर सुरू गरेका थिए।
२. बच्चाहरू लक्षित पाथेर पञ्चाली संस्करणको मुखचित्र बनाउने काम समेत उनलाई लगाइएको थियो। सो संस्करणलाई 'आम अन्ततिर भेपु' भनेर पुन: नामाङ्कन गरिएको थियो। काम गर्दै जाँदा यसबाट प्रभावित भएका रेले पछि आफ्नो डेब्यू फिल्मका सटमा समेत तीनलाई फिल्ममा समेत प्रयोग गरेका थिए। ३. फ्रान्सेली निर्देशक जीन रेनोयरसँग चिनजान भएपछि रे फिल्म निर्माणप्रति विशेषरूपले आकर्षित भएका भए। आफ्नो ३ महिने लन्डन बसाइमा रेले करिब ९९ वटा फिल्म हेरे जसमा 'बाइसाइकल थिभ्स'ले उनलाई विशेष प्रभाव पार्यो। सो फिल्म हेरेरपछि सिनेमाघरबाट उनी फिल्मकर्मी बन्ने लक्ष्य बोकेर नस्किएका थिए।
४. रेको पहिलो फिल्म 'पाथेर पञ्चाली'को सुटिङ ३ वर्ष चलेको थियो। सो फिल्ममा काम गर्ने सबै कलाकार र प्राविधिक सिकारू थिए जसले फिल्म छायाँकनलाई कठिन बनाइदिएको थियो।
५. सो फिल्मका लागि पैसा जुटाउन रेलाई कठिन भएको थिए। फिल्मको कथाका अंश परिवर्तन गर्न उनी राजी नभएपछि फिल्ममा लगानी गर्न आएका निर्माताहरू लगानी गर्नबाट पछाडि हटेका थिए। फिल्म पूरा गर्नलाई रेले आफ्ना थुप्रै व्यक्तिगत सामानहरू बिक्री गरे। बंगाल सरकारबाट ऋण लिएपछिमात्र सन् १९५५ मा रे फिल्म रिलिज गर्न सफल भएका थिए। रिलिजपछि फिल्मले भारतमा मात्र नभई संसारभर समिक्षकिय तथा व्यवसायिक सफलता हात पार्यो।
६. 'अप्पु ट्राइलोजी'को दोस्रो फिल्म 'अपराजितो'को अधिकाशं कथा रेको आफ्नै व्यक्तिगत अनुभवबाट लेखिएको थियो। उदाहरणका लागि अप्पुको कलकत्ता प्रस्थान तथा चित्रकारसँग एउटै डेरामा बस्ने घटनाले रेको आफ्ना हजुरबुबाको प्रिन्टिङ प्रेसमाथीको कोठामा बसेको घटनासँग सम्बन्धित छ।
७. अप्पु फिल्मको अन्तिम श्रृखंला 'अपुर संसार'को रिलिजपछि रे फिल्म उद्योगमा दुईवटा समर्थक समूह बनाउन सफल भएका थिए। उनको फिल्ममा वयस्क अप्पुको भूमिकामा अभिनय गरेका सौमित्रा चटर्जीले रेका अधिकाशं फिल्ममा काम गरे। फिल्ममा अप्पुकी दुलहीको भूमिकामा १४ वर्षिया शर्मिला टैगोरले अभिनय गरेकी थिइन।
८. चर्चित 'अप्पु ट्राइलोजी' रेले विभिन्न फिल्म जनरामा आफूलाई प्रयोग गरे। उनले बिर्टिशराज कालिन फिल्मको साथमा विभिन्न डकुमेन्ट्रीहरूको र 'महापुरूष' जस्ता कमेडी फिल्म समेत बनाए। 'चारूलता', 'देवी' र 'संदेश' उनका महत्वपूर्ण फिल्म हुन्।
९. धेरैलाई सुन्दा आश्चर्य लाग्न सक्छ उनले हलिउडका विख्यात फिल्म निर्देशक स्टेभन स्पिलवर्गमाथी आफ्नो श्रृजना चोरी गरेको आरोपसमेत लगाएका थिए। स्पिल्वर्गले चर्चित साइफाइ फिल्म 'द एकस्ट्रा टेरेस्टियल' (इ.टी)को मूल कथा आफूबाट चोरेको रेको भनाइ थियो। यसबारेमा उनले एक अन्तरवार्तामा खुलासा गरेका छन्। अन्तरवार्तामा स्पिल्वर्गले 'इटी'सँगै 'क्लोज इन्काउन्टर अफ द थर्ड काइन्स'को कथा कुनै एक हलिउड फिल्म निर्माण कम्पनीलाई बुझाएको स्क्रिप्टबाट चोरेको रेले बताएका थिए। उनको कथा प्रयोग गरिएको बारेमा उनलाई लन्डनबाट आर्थर क्लार्कले टेलिफोनमा बताउँदै प्रतिलिपी अधिकार उलघंनमा मुद्दा हाल्न सुझाएका थिए।
१०. सत्यजित रेले आफ्नो फिल्मी करियरमा 'फ्यान्टासी, साइन्स फिक्सन, डिटेक्टिभ ड्रामा तथा एतहासिक ड्रामा जनरामासमेत काम गरे, उनलाई सन् १९९२ मा ओस्कारले विश्व सिनेमामा पुर्याएको योगदानको कदर गर्दै ओस्कार अवार्डले सम्मानित गरेको थियो। उनी ओस्कार पाउने पहिलो भारतिय फिल्मकार हुन्। विरामी भएर ओछ्यानमा थलिएका कारण उनलाई भारतमा नै ओस्कार प्रदान गरिएको थियो। सोही वर्ष अप्रिल २३ मा उनको देहान्त भयो।
(इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा प्रकाशित सामाग्रीको अनिदुत अंश: अनुवाद- अशेष अधिकारी)