शुक्रबार चीनमा रिलिज भएको 'बाहुबली २'ले रिलिजको पहिलो दिनमै आफ्नो अघिल्लो श्रृखंलाको व्यापटरिक रेकर्ड तोडेको छ। दोस्रो श्रृखंलाले तोडेको रेकर्ड बाहुबलीले चीनमा गरेको कमाइ भन्दा बढि हो।
फिल्मको अघिल्लो श्रृखंलाले जम्मा ८ करोड भारू बराबारको कमाइमात्र गर्न सकेको थियो। भारतीय फिल्म व्यापार विश्लेषक रमेश बालाले शुक्रबार ट्वीट गर्दै सोको जनकारी दिएका हुन्। ट्वीटका अनुसार आमिर खानको दंगल'भन्दा बढी पर्दाहरू 'बाहुबली २'ले पाएको छ। फिल्म सात हजार पर्दामा लागेको छ।
'दंगल' चिनियाँ वक्स अफिसमा सर्वाधिक सफल भारतीय फिल्म हो। चीनमा मात्रै उसले १२ सय करोड भारूको कमाइ गरेको थियो जसको गठजोडले 'दंगल'को कमाइ २ हजार करोड भारू पुगेको छ।
'बाहुबली २'ले विश्वव्यापीरूपमा हालसम्म १७ सय करोड कमाइ गरिसकेको छ र उसले चिनियाँ फिल्म बजारमा थप मेहेनत गरेमा सर्वाधिक विश्वव्यापी व्यापार गर्ने फिल्म बन्नेछ।
बिहिबार 'बाहुबली २'ले ६५ औं राष्ट्रिय अवार्डमा चर्चित फल्म सहित ३ विधामा अवार्ड जितेको छ।