हलिउड अभिनेत्री जेनिफर लोपेज र बेन एफ्लेक सम्बन्ध विच्छेद गर्दैछन्।
बिबिसीका अनुसार दोस्रो विवाहको वर्षगाँठमा उनीहरूले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्। उनीहरूले काउन्टी सुपेरियर कोर्टमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेका हुन्।
जेनिफर र बेन हलिउडका चर्चित जोडीमध्ये एक हुन्। उनीहरूले सन् २०२२ मा विवाह गरेका थिए।
बेनले दोस्रो पटक र जेनिफरले चौथो पटक सम्बन्ध विच्छेद गरिरहेकी छन्। डेली मेलका अनुसार यो जोडीले जुलाई २०२२ मा विवाह गर्नुअघि कुनै सम्झौता गरेको छैन।
अदालतका कागजातअनुसार जेनिफरले न्यायाधीशलाई बेनका लागि श्रीमान-श्रीमतीको समर्थन अस्वीकार गर्न पनि अनुरोध गरेकी थिइन्। जेनिफरले बेनसँग उनीहरूको आर्थिक समस्याको बीचमा सम्बन्ध विच्छेदको लागि निवेदन दायर गरेकी हुन्। बेनले बेवर्ली हिल्समा भएको आफ्नो ६८ मिलियन डलरको म्यरिटल रेसिडेन्स बेचेका थिए।
निकट स्रोतका अनुसार दुईबीच केही महिनादेखि सहमतिका लागि बहस चलिरहेको थियो। जेनिफर र बेनले पनि धेरै पटक एकअर्कासँग बोलचाल सबै बन्द गरेका थिए।