भारतीय क्रिकेटर युबराज सिंहको बायोपिक बन्ने भएको छ।
सन् २०११ मा क्यान्सर जस्तो गम्भीर बिमारीसँग लड्दै युवराजले टीम इन्डियाको वान-डे वर्ल्ड कपको उपाधि जितेका थिए। उनको बायोपिक बनाउने जिम्मवारी भूषण कुमारले लिएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार युवराज सिंहको भूमिकाका लागि दुई अभिनेता दावेदार छन्। एक हुन् रणवीर सिंह र अर्काे विक्की कौशल। रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरिसकेका छन्।
आफ्नो बायोपिकलाई लिएर युवराजले भने, 'म निकै सम्मानित महसुस गरिरहेको छु। मेरो कहानी संसारभर लाखौं प्रशंसकलाई देखाइनेछ। क्रिकेट मेरो लागि सबैभन्दा प्यारो र उतारचढावको क्रममा शक्तिको स्रोत हो। मलाई आशा छ यस फिल्मबाट अरूलाई चुनौति र जोसका साथ आफ्नो सपना पुरा गर्न प्रेरित गर्नेछ।'
निर्माताले अहिलेसम्म निर्देशक र कलाकारको बारेमा जानकारी दिएका छैनन्।