बलिउड अभिनेता मनोज बाजपेयीले मुम्बईस्थित आफ्नो अपार्टमेन्ट बेचेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनले ९ करोडमा उक्त अपार्टमेन्ट बेचेका हुन्। उनले यो अपार्टमेन्ट २०१३ मा किनेका थिए। यो उनकी श्रीमती शबाना बाजपेयीको नाममा थियो। त्यतिबेला उनीहरूले ६ करोड ४० लाख भारूमा किनेका थिए। योसँगै उनीहरूले रजिस्ट्रेशनको लागि ३० हजार भारू तिरेका थिए।
मनोज बाजपेयी आगामी वेब सिरिज 'फ्यामेली म्यान ३' मा देखिनेछन्। यसैवर्ष उनको फिल्म 'भैया जी' रिलिज भएको थियो।