जस्टिस हेमा कमेटीले मलयालम फिल्म क्षेत्रमा हुने यौन उत्पीडनका विषयमा रिपोर्ट सार्वजनिक गरेपछि दक्षिण भारतीय फिल्म क्षेत्रमा तहल्का मच्चिएको छ।
जसमा थुप्रै अभिनेत्रीहरूले आफूमाथि भएको यौन शोषणलाई लिएर आफ्नो कुरा राखेका थिए। यौन उत्पीडनको रिपोर्ट सार्वजनिक भएसँगै अभिनेता मोहनलालले एसोसिएशन अफ मलयालम मुभि आर्टिस्ट्सको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
उनीसहित संस्थाका सबै पदाधिकारीले राजीनामा दिए। जसका कारण संघ स्वतः विघटन भएको छ।
संघले जारी गरेको विज्ञप्तिमा केही कलाकारले लगाएको आरोपको नैतिक जिम्मेवारी लिँदै संस्था विघटन गरिएको उल्लेख छ। संस्था विघटन भएपछि केही अभिनेत्रीहरूले मोहनलालले कायरता देखाएको बताएका छन्।