यतिबेला अभिनेता विजय वर्मा नेटफ्लिक्समा प्रदर्शन भएको वेब सिरिज 'आइ सी ८१४ कन्धार हाइज्याक' लाई लिएर चर्चामा छन्।
यसै सिरिजको प्रमोशनको क्रममा उनले आफ्नो छालासम्बन्धि रोगको बारेमा खुलासा गरेका छन्। उनी विटिलिगो अर्थात सेतो दुबीको रोगसँग लडिरहेका छन्।
उनको शरीरको केही भागमा विटिलिगो देखिए पनि लुकाएर हिँडनु पर्ने बाध्यता नभएको बताउँछन्। विजयले 'डार्लिङ', 'गली ब्वाई' जस्ता फिल्ममा दमदार अभिनय गरेका छन्।