बलिउड अभिनेता वरूण धवनकी भतिजी अन्जिनी धवनले फिल्ममा डेब्यू गरेकी छन्।
उनले फिल्म 'बिन्नी एन्ड फ्यामेली' बाट बलिउडमा डेब्यू गरेकी हुन्। यस फिल्मको बालाजी मोसन पिक्चर्सबाट ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा जेनरेशन ग्यापले ल्याएको समस्यालाई देखाइएको छ।
सञ्जय त्रिपथीले निर्देशन गरेको फिल्ममा अन्जिनीसँगै पंकज कपूर, हिमानी शिवपुरी, राजेश कुमार, चारू शंकर, नमान त्रिपथीलगायत कलाकारको अभिनय छ। फिल्मलाई महाविर जैन र वाभेबान्ड प्रोडक्सनले निर्माण गरेको हो।
यो फिल्म २० सेक्टेम्बरदेखि फिल्म हलमा रिलिज हुनेछ।