भारतीय कमेडी शो 'द ग्रेट इन्डिया कपिल शो' छिट्टै प्रदर्शन हुँदैछ।
पहिलो सिजनले मिश्रित प्रतिक्रिया पाएको थियो। शोकी अर्चना पूरन सिंह आफ्नो हाँसो र मस्तीको कारण चर्चामा छिन्। तर उनलाई सामाजिक सञ्जालमा फेक हाँसोको कारण ट्रोल गरिन्छ।
यस विषयमा उनले हालै दैनिक भास्करसँग कुराकानी गरेकी छन्। 'पहिलो शो कमेडी सर्कसमा मेरो लाफ्टर कमजोर पंचमा राखिन्थियो। जसले गर्दा दर्शकहरूलाई जस्तो जोकमा पनि हाँस्छिन् भन्ने भयो। मेरो हाँसो नक्कली हो। तर यस्तो होइन। म पढे-लेखेको महिला हुँ। कमेडीलाई राम्रोसँग बुझेकी छु। यदि कपिल शर्मा शो हेर्नुहुन्छ भने कुनै यस्तो ठाउँ छैन जसमा हाँसो नउठ्योस्,' उनले भनिन्।
उनले थप्दै भनिन्, 'यदि मान्छेहरू मलाई ट्रोल गर्छन् भने केही फरक पर्दन। शो साच्चै रमाइलो छ।'