बलिउड अभिनेता फरदीन खान पछिल्लो समय सम्बन्ध विच्छेदको खबरलाई लिएर चर्चामा छन्।
हालै एक अन्तर्वार्तामा फरदीनले आफ्नो बच्चासँग नबसेको कुरा बताएका छन्। टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै उनले भने, 'यो सजिलो कुरा होइन। बच्चाहरू म देखि किन टाढा छन् भन्ने कुरामा जान चाहन्न। मलाई उनीहरूको धेरै याद आउँछ। म उनीहरूलाई भेट्न हरेक चारदेखि छ हप्तामा गइरहेको हुन्छु। हामी हरेक दिन भिडिओ कलमा कुराकानी गर्दछौं। तर म उनीहरूको डेली लाइफको भाग बन्न चाहन्छु। उनीहरू ठूलो भएको हेर्न चाहन्छु र उनीहरूको निर्णय लिने प्रक्रियामा सहभागी हुन चाहन्छु।'
उनले अगाडि थप्दै भने, 'मेरो बच्चा पेन्टिङ गर्छन्। मैले उनीहरूको पेन्टिङस मुम्बईमा आफ्नो घरको भित्ता लगाएको छु। मलाई उनीहरूलाई अँगाल्ने मन भयो वा उनीहरूको याद आयो भने आफ्नो मनलाई बाँध्न धेरै काम गर्छु।'
फरदीन खान पछिल्लो समय फिल्म 'खेल खेल में' देखिएका थिए। फिल्मले बक्स अफिसमा खासै राम्रो कमाइ गर्न सकेन। तर ओटिटीमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्ममा उनले कबीर देशमुखको भूमिका निर्वाह गरेका थिए।
हाल उनी 'हाउसफुल ५' को छायांकनमा व्यस्त छन्। तरूण मनसुखानीले निर्देशन गरिरहेको फिल्म जुन २०२५ मा रिलिज हुनेछ।