राकेश रोशन निर्देशित फिल्म 'करण अर्जुन' फेरि रिलिज हुने भएको छ।
यो फिल्म २९ वर्षपछि हलमा रिलिज हुन लागेको हो। यो फिल्म २२ नोभम्बरदेखि रिलिज हुनेछ।
अभिनेता सलमान खानले सोमबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। 'राखी जीले सही भन्नु भएको थियो कि करण अर्जुन आयेगे... नोभेम्बर २२ मा दुनियाँभरको सिनेमा घरमा,' उनले लेखेका छन्।
यो फिल्म भारतमा मात्र नभई विश्वभर एकसाथ रिलिज हुँदैछ। यो फिल्म पहिलो पटक १३ जनावरी १९९५ मा सिनेमा घरमा रिलिज भएको थियो। ६ करोडमा बनेको फिल्मले ४३ करोड भारू कमाएको थियो।
त्यतिबेला 'करण अर्जुन' ले फिल्म फेयर अवार्डसमा १० नोमिनेशन पाएको थियो। फिल्मले उत्कृष्ट सम्पादन र उत्कृष्ट एक्सन गरेर दुई वटा अवार्ड पाएको थियो।